कुश्मिसेरा उपल्लोबजारको बाटो कालोपत्रे गरियो, बजार छिर्ने नाका भने हिलाम्य

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ पुस २०७८ ।

बागलुङको कुश्मिसेरा बजारको बाटो कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा उपल्लोबजारको बाटो कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का पाएकोे कुश्मिसेरा उपल्लोबजारको सडक कालोपत्रे बिछ्याएर करिव करिव सकिएको निर्माणको जिम्मा पाएको कम्पनीले जनाएको छ । केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले अहिले बजार क्षेत्रमा कालोपत्रे गरेको र केहि ठाउँमा थोरै काम बाँकी रहेको बताएको छ ।

कुश्मिसेरा बजार कालाेपत्रे हुँदै, तस्विर मितिः २०७८–०९–०७

सडक कालोपत्रे हुन थालेपछि कुश्मिसेरा उपल्लो बजारबासी खुशी भएका छन् । बर्खामा हिलो र हिउँदमा धुलोले वाक्क भएका बजारबासीहरुले कालोपत्रे भएपछि व्यापार बढ्ने आशा समेत गरेका छन् । तर कुश्मिसेरा बजारको उपल्लो छेउमा भने थोरै ठाउँ कालोपत्रे गर्न बाँकी नै रहेको छ । सडकको क्षेत्रभित्र पर्ने घर भत्काउन र संरचनाहरु हटाउन पटक पटक आग्रह गर्दापनि सम्बन्धीत धनिले ढिलाई गरेकाले सो ठाउँमा कालोपत्रे गर्न छोडेर अलि माथिबाट सुरु गरिएको जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो । सो ठाउँमा अहिले पनि भत्काइएका संरचनाहरु हटाउने काम चलिरहेको छ । कुश्मिसेरा र दमेक जोड्ने पुलदेखि केहि माथिसम्म ढलान गरिने र कालोपत्रे गर्न थोरै मात्र बाँकी रहेको उहाँको भनाई छ ।

भत्काएका संरचना अलपत्र, उपल्लाे छेउ, तस्विर मितिः २०७८–०९–०७

प्रायजसो पानी जमिरहने सो क्षेत्र हिलाम्य हुँदा कालोपत्रे गरेको सडकलाई समेत असर पर्ने हुँदा छिटो समस्या समाधान गर्न बजारबासीहरुले माग गरेका छन् । नगरपालिकाले यति काम गर्नपनि अर्को बर्ष लगाउन सक्ने भन्दै उनिहरुले बजार प्रवेश गर्ने मुखमा नै हिउँदमा समेत हिलो बाटो हुनु बजार क्षेत्रको सौन्दर्यमा समेत असर पर्ने बताएका छन् । सो क्षेत्रमा अहिलेपनि नाली थुनिएको छ भने पानी जमेर हिलाम्य भएको छ ।

कुश्मिसेरा छिर्ने उपल्लाे बजारकाे नाका हिलाम्य, तस्विर मितिः २०७८–०९–०७

याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने