काठमाण्डाै, ६ माघ २०७८ ।
पछिल्लो समय १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लाे चाैबिस घण्टामा २१ हजार ७ जनाको पीसीआर परिक्षण गर्दा १० हजार ५२ जना र ६ हजार ४ सय ९० नमुनाको एन्टीजेन परिक्षण गर्दा २ हजार २ सय ८६ जना गरी कुल १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।
पछिल्लाे समय थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परिक्षण गरिएकाे नमुना मध्ये ४४ दशमलव ८७ प्रतिशतमा काेराेना संक्रमण देखिएकाे र एकै दिनमा पुष्टि भएको याे हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या रहेकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना निको भएका छन् । याेसंगै काेराेना संक्रमणबाट निकाे हुनेहरूकाे कुल संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेकाे छ । यता थप चार जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । याे सहित अहिलेसम्म काेराेनाका कारण मृत्यु हुनेहरूकाे संख्या ११ हजार ६३२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ जना रहेका छन् । जसमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रतिक्रिया दिनुहाेस्