बरेङ गाउँपालिकाकाे अर्काे कदम: बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

दिपेन्द्र परियार
बागलुङ, २ माघ २०७७ ।

बागलुङको बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्बसुलभ पहुचमा पु¥याउन स्थानिय तहको समेत दायित्व रहेको भन्दै बिद्यालय तहबाट योजना कार्यन्वन गर्न लागिएको हो ।

“हाम्रो बरेङ, स्वस्थ बरेङ ”भन्ने लक्ष्यलाई सार्थक तुल्याउन बिधार्थी स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले बिद्यार्थीको रक्तचाप, ज्वरो, तौल, उचाई, आँखाको दृष्टि तथा कानको श्रवण शक्ती परिक्षण गर्नुका साथै बिद्यार्थीको आबश्यकता अनुसार स्वास्थ्य परामर्श दिने छन् । कार्यक्रमले प्रारम्भिक बाल बिकास केन्द्र देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई समेट्ने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने