Breaking News: नेकपाको बन्द फिर्ता हल्लामात्रै, आधिकारिक धारणा आएन, नेताहरु सडकमा

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौ, २२ माघ २०७७ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहले आह्वान गरेको आमहड्ताल आधिकारिक फिर्ता भएको छैन । सामाजिक सञ्जालमा फिर्ताको हल्ला आएपनि पार्टीको आधिकारिक धारणा नआएको हो । गृह मन्त्रालयले हड्ताल गरे कारवाही गर्ने चेतावनी दिएपनि नेता तथा कार्यकर्ताहरु सडकमा गएको नेकपाका एक नेताले बताएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार बुधबार साँझ मसाल जुलुस गरेको र बिहिबार बिहान देखि पनि नियमित कार्यक्रममा नै लागेको नेकपाले जनाएको छ ।

यता बिहिबारको बन्द र हडतालको चौतर्फी विरोध भैरहेको छ । बिहीवारको बन्दले परीक्षा दिन जाने विद्यार्थी मर्कामा पर्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले प्रवेशपत्र देखाउने विद्यार्थीलाई नरोक्ने र उनीहरुका सवारी साधनलाई पनि चल्न दिने जनाएको छ ।

‘हामीसँग अरू विकल्प नै नभएर हड्तालमा जानुपरेको हो, परीक्षा हुने विद्यार्थीले प्रवेशपत्र देखाउनुभयो भने हाम्रा कार्यकर्ताले रोकतोक गर्दैनन्’, स्थायी कमिटी सदस्य पम्फा भुसालले भन्नुभयो ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको थियाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार