जनता लुट्दै सरकार, फेरिपनि पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि, कर्मचारीलाइ बाेनस, जनतालाइ भार

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, ५ फागुन २०७७ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ र डिजेल, मट्टीतेल प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँ वृद्धि गरी ६७ रुपियाँ कायम भएको छ । हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फ र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने