काठमाण्डाै, ९ फागुन २०७७ ।
अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो ।
अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको अमेरिकी सञ्चार संस्थाहरूले जनाएका छन् ।
आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।
विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीकाे खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए । घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ । चालककाे मेहनतका कारण २ सय ३१ जनाकाे ज्यान बचेकाे छ । श्राेत उज्यालाे अनलाइन
प्रतिक्रिया दिनुहाेस्