जैमिनीमा एकैदिन १ हजार बढीले कोरोना विरुद्धको खोप लगाए, नागरिककाे उत्साहजनक सहभागिता

याे सामग्री सेअर गर्नुहाेस्


सुजन प्रेमी
बागलुङ, २४ फागुन २०७७ ।

दोश्रो चरणको खोप सुरु भएसँगै जैमिनी नगरपालिकाका १ हजार ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । बागलुङकाे जैमिनी नगरपालिका भरीकाे १० वटा खोप केन्द्रबाट सुरु भएको अभियानमा ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुले खोप लगाएका हुन् ।

१० वटै खोप केन्द्रबाट ५ सय ८ महिला र ५ सय ६१ पुरुषले पहिलो दिनमा नै खोप लगाएको जैमिनी नगरपालिका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

वडा नं १ कुश्मिसेराका लागि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप सेवा प्रदान गरिएकोमा १ सय ५४ जनाले खोप लिएका छन् । वडा नं २ का लागि दमेक स्वास्थ्य चौकीबाट खोप सेवा दिइएको थियो जहाँबाट ५२ जनाले खोप लगाएको आचार्यले बताउनुभयो ।

यस्तै वडा नं ३ उपल्लो दमेकका लागि नेपाने शहरी स्वास्थ्य केन्द्रबाट ९६ जनाले खोप सेवा लिएका छन् । वडा नं ४ सर्कुवामा सर्कुवा स्वास्थ्य चौकीबाट खोप सेवा प्रदान गरिएकोमा १ सय १५ जनाले खोप सेवा लिएको नगरपालिकाले जनाएको छ ।

वडा नं ५ विनामारेका लागि विनामारे स्वास्थ्य चौकीबाट १ सय ३३ जनालाई खोप प्रदान गरिएको छ । वडा नं ६ अर्जेवाका जनताहरुका लागि अर्जेवा स्वास्थ्य चौकीबाट खोप दिइएकोमा १ सय ८ जनाले पहिलो दिनमा नै खोप लगाएका छन् ।

वडा नं ७ जैदीका लागि जैदी स्वास्थ्य चौकीबाट १ सय ३७ जनालाई खोप प्रदान गरिएको छ । वडा नं ८ छिस्तीमा छिस्ती स्वास्थय चौकीबाट ९३ जनाले खोप लगाएका छन् ।

यस्तै वडा नं ९ पैयुँथन्थापका १ सय ३७ जेष्ट नागरिकहरुले पैयुँ स्वास्थ्य चौकीबाट खोप सेवा लिएका छन् भने वडा नं १० राङ्खानीका लागि राङ्खानी स्वास्थ्य चौकीबाट ४४ जनालाई खोप सेवा प्रदान गरिएको स्वास्थ्य संयोजक आचार्यले जानकारी दिनुभयो ।

पहिलो दिनमा नै खोप लगाउनका लागि जेष्ट नागरिकहरु उत्साहित भएर आएका थिए । अहिलेसम्म खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नआएको नगरपालिकाले जनाएको छ । खोप अभियान आज पनि निरन्तर हुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने