कुश्मिसेरा देखि जैमिनीघाट जाने बाटोको हरी विजोग अवस्था, सवारी ओहोर दोहोर गर्न सास्ती

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २७ फागुन २०७७ ।

बागलुङको कुश्मिसेरा देखि जैमिनीघाटसम्म जाने बाटोको अवस्थानाजुक हुँदा यात्रुहरु मारमा परेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा देखि कालिगण्डकी करिडोरमा जोडिएको बाटोमा ठाउँठाउँमा पानी जमेपछि यात्रुहरु मारमा परेका हुन् ।

अहिले हिउँदको समय भएपनि सो मोटरवाटोको ठाउँ ठाउँमा पानी जमेर हिलो भएपछि मोटरसाइकलहरु बिचमै गाडीने गरेको चालकहरुले गुनासो गरेका छन् । गाडीहरु जेनतेन पार गर्ने भएपनि मोटरसाइकल भने पार गराउन निकै कठिन पर्दै आएको छ । मोटरसाइकल चालक नै हिलाम्य हुनेगरी डुबिने बाटोमा पानी जम्दा समेत कसैले चासो देखाएका छैनन् ।

No description available.

अहिले कुश्मिसेरा सरङ्गी सडक बन्द भएकाले जैमिनी सहित जिल्लाको दक्षिणी भेग बरेङका सबै सवारीहरु सोही बाटो हुँदै सदरमुकाम बागलुङ बजार जाने गरेका छन् । जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाका गाडीहरु सोही बाटो हुँदै ओहोर दोहोर गरेपनि त्यसको सुधारमा कसैले चासो देखाएका छैनन् ।

No description available.

दैनिक सैयौँ सवारी ओहोर दोहोर गरेपनि कसैले पनि त्यहाँ जमेको पानी समेत खोल्ने नैतिकता कसैको पाइएको छैन । कमेरे माटो भएकाले सो माटोमा मोटरसाइकलको चक्का परेपछि जाम भएर गुड्दै नगुड्ने समस्या हुँदा बिच बाटोमै अड्किने गरेको छ । सो मोटरवाटोमा अहिले मर्मतको काम भने भैरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने