बरेङकाे अर्काे कदम: बरेङ बजारमा सिसि क्यामेरा जडान हुने, फ्रि वाईफाईको समेत सुबिधा दिइँदै

याे सामग्री सेअर गर्नुहाेस्

 

दिपेन्द्र परियार
बागलुङ, १८ चैत्र २०७७ ।

बरेङ गाँउपालिकाले बरेङ बजारमा सिसि क्यामेरा जडान तथा खुल्ला क्षेत्रमा ईन्टरनेट विस्तार गर्ने भएको छ । बरेङ बजारको शान्ति सुरक्षा व्यवस्थित गर्न र बजारमा हुन सक्ने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्नका लागी बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्न लागिएको हो ।

१५ दिन भित्र बजारमा सिसि क्यामेरा जडान गरिसक्ने बरेङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन कार्कीले जानकारी दिनुभयो । बजारमा जडित सिसि क्यामेरामा देखिने गतिविधि ईलाका प्रहरी कार्यालय बरेङडाँडा तथा बरेङ गाँउपालिकाको कार्यलय सूचना प्रशासन शाखाबाट निगरानी गरिने छ ।

यस्तै पालिकाले पहिलो चरणमा गाउँपालिकाको कार्यलय आसपास र सबै वडाकार्यलय आसपासमा फ्रि ईन्टरनेट विस्तार गर्न लागेको छ । आम नागरिक र सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर फ्रि वाइफाईको व्यवस्था गर्न लागिएको बरेङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार जनघनत्व बढि भएका स्थान तथा सभा सम्मेलन बैठक आदि हुने स्थानमा समेत क्रमशः फ्री इन्टरनेट विस्तार गरिने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने