बागलुङ, १८ चैत २०७७ ।
जैमिनी नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । भोलिदेखि माध्यामिक तहका सबै बिद्यालय सहभागी गराई जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा दोश्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता भोलिदेखि २१ गतेसम्म सहारा खेल मैदान जैमिनी नगरपालिका २ दुर्लेवेसी कुश्मिसेरामा हुने जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद् शाखाका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत भलिवल, दौड र रिलेदौड, हाइजम्प, लङजम्प, ट्रिजम्प, ज्याभलिङ थ्रो र सटफुट प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । सो प्रतियोगितामा छात्र र छात्रा दुवैले भाग लिन सक्नेछन् ।
सटफुट १२ पाउण्डको र दौड १ सय, २ सय, ४ सय, ८ सय, र १ हजार ५ सय मिटरको हुने बताइएको छ ।
खेलाडी १८ बर्ष मुनिको र हाल कक्षा १२ वा सो भन्दा मुनिको कक्षामा अध्ययनरत हुनुपर्ने नियम बनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ, द्धित्तीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनको समेत उपस्थिति रहने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहाेस्