बागलुङ – पर्वत जोड्ने लामोपुल तर्दा पैसा तिर्नुपर्ने, सार्वजनिक पुलमा पैसा किन उठाइयो ?

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ७ बैशाख २०७८ ।

बागलुङको लामोपुल तर्दा पैसा तिर्नुपर्ने भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पेसा तिर्नुपर्ने भएको हो । पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने छ ।

बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुलमा शुल्क लिन थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालीले जानकारी दिनुभयो ।  बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका स्थानीय, यहिँ बसोबास गरी दिनदिनै ओहोरदोहोर गर्ने व्यक्ति, यहाँ कार्यरत कर्मचारीहरु बाहेक पुलमा घुम्नकै लागि टाढा टाढाबाट आउनेहरुका लागि शुल्क लिइने उहाँको भनाई छ ।

नगरपालिकाका कर्र्मचारीहरुले आधिकारिक रुपमा नै रसिद काटेर शुल्क लिन थालेको अधिकृत ज्ञावालीले बताउनुभयो । बैशाख १ गतेदेखि नै यो नियम लागु गर्ने भनिएपनि तयारी नपुगेका कारण मंगलबारबाट लागु गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

“चैते दशैको अवसर पारेर शुल्क लिइएको नभइ अब यो सँधैको लागि लागु हुन्छ” उहाँले भन्नुभयो “नेपाल सरकारले बागलुङ नगरपालिकालाई मर्मत सम्भार सहित सम्पूर्ण जिम्मेवारी सुम्पिएपछि हामीले नियम संगत ढंगबाट शुल्क लिन थालेका छौँ ।” स्थानीय श्रोत साधनको कर लिन पाउने अधिकार अनुसार कर लिइएको भन्दै उहाँले अब यसलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको छ ।

मर्मत सम्भार गर्ने नगरपालिकाको दायित्व भएपछि कर लिन थालिएको नगरपालिकाले जनाएको छ । सर्वाधिकार बागलुङ नगरपालिकालाई भएकाले कुश्मा नगरपालिकामा भने कर तिर्नुपर्ने छैन ।

यो पुल ५ सय ६७ मिटर लामो रहेको छ । लामो पुल हेर्नकै लागि भन्दै उहाँ टाढा टाढाबाट पर्यटकहरु आउने गरेका छन् । यस्तो खालको पुल यो नै विश्वको लामो दावी गर्दै बागलुङ नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डस् मा दर्ता गराउन तयारी गरेको छ । यहाँ दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने