एकैदिन झण्डै ५ हजारमा काेराेना संक्रमणःकुल संख्या ३ लाख १२ हजार नाघ्याे,निको हुने दर घट्दै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १५ बैशाख २०७८ ।

नेपालमा थप ४ हजार ७ सय ७४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

देशभरीका बिभिन्न प्रयाेगशाला हरूमा गरीएकाे परीक्षणमा थप ४ हजार ७ सय ७४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।  पछिल्लो चौबीस घण्टामा १३ हजार ८ सय ७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४ हजार ७ सय ७४ जनामा मा  काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

 

गत चौबीस घण्टामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितकाे  कुल  संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ । संक्रमितकाे संख्यामा बृद्धि भएसँगै हाल काेराेना संक्रमित निकाे हुने दर समेत घट्दै गएकाे छ । नयाँ संक्रमित बढ्दै जाँदा र संक्रमण निको हुने कम हुँदा संक्रमित निको हुने दर ८९.३ प्रतिशतमा झरेको मन्त्रालयले जनाएकाे छ ।

 

यस्तै  पछिल्लो चौबीस घण्टामा ७ सय ७३ जना काेराेना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९० पुगेको छ ।

 

साथै काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा काेराेना संक्रमणकाे पुष्टि भएको छ । भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १ हजार ४ सय ६४ जनामा संक्रमण पाइएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो चौबीस घण्टामा ९ सय ५५ जनाको एन्टीजेन परीक्षण गरिएको छ । जसमध्ये १ सय २३ मा पोजिटिभ पाइएको जनाइएकाे छ ।

मन्त्रालयले हाल ३ सय १७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेको जनाएको छ । अहिले ५४ जना क्वारेन्टाइनमा र ३० हजार २ सय ९ जना आइसोलेशनमा छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार