Breaking News: जैमिनीमा काेराेनाकाे अवस्था भयावह, २२ जनाकाे परिक्षणमा १५ जना पाेजेटिभ

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, २७ बैशाख २०७८ । 

जैमिनीमा २२ जनाकाे परिक्षणमा १५ जनाकाे काेराेना रिपाेर्ट पाेजेटिभ देखिएकाे छ । धाैलागिरी अस्पताल बागलुङमा गरिएकाे परिक्षणमा जैमिनीका १५ जनामा काेराेना देखिएकाे हाे ।

काेराेना संक्रमण देखिएकाहरूमध्ये १२ जना  वडा नं ५ बिनामारेका मात्रै रहेका छन् । बिनामारेका  ५६, ३५, ६९ र ३७ बर्षीय ४ जना महिला र ३८, ६६, ५२, २७, २२, १४, १६ र ७८ बर्षीय ८ जना पुरूष गरी १२ जनामा काेराेना देखिएकाे छ । ४२ बर्षीय महिलाकाे विवरण वडा नं ५ मा परेपनि उनि वडा नं १ काे स्वास्थ्यकर्मी रहेकाे जैमिनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गाेविन्द प्रसाद आचार्यले जानकारी दिनुभयाे ।

यस्तै वडा नं १ का ५८ बर्षीय महिला र वडा नं २ का ३५ बर्षीय महिलामा पनि काेराेना देखिएकाे छ ।

परिक्षण गरेकाे दर हेर्दा जैमिनीमा काेराेनाकाे भयावह स्थिति सृजना भर्काे देखिएकाे छ । नागरिककाे लापरवाहीले गर्दापनि काेराेनाकाे जाेखिम उच्च बन्दै गएकाे जानकारहरूकाे भनाइ छ ।

 

No photo description available.


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने