काठमाडाैँ, २५ जेठ २०७८ ।
जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
जर्मन सरकारले ६२ वटा भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेकाे हाे ।
जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विमान स्थलमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई जर्मन सरकारबाट प्राप्त भएकाे स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएकाे थियाे ।
नेपालले जर्मन सरकारबाट ६२ वटा भेन्टिलेटर सहित, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पाएको हो।
केही सामग्रीहरू अझै आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री तामाङले जर्मनका राजदूत शेफरलाई सहयाेगकाे लागी नेपालकाे तर्फबाट धन्यवाद दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहाेस्