जैमिनी नगरपालिकाकाे नगर सभा सुरू, नगर प्रमुखद्वारा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असार २०७८ । 

जैमिनी नगरपालिकाकाे नगर सभा सुरू भएकाे छ । बागलुङकाे जैमिनी नगरपालिकाकाे नवाैँ नगरसभा सुरू भएकाे हाे ।

नगर सभामा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पाैडेलले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएकाे छ ।

यस बर्ष नगरपालिकाले केहि थप कार्यक्रमहरु पनि ल्याएकाे नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । शिक्षा अन्तरगत सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।  सामाजिक विकासमा मनग्य रकम छुट्याउने तयारी गरेको नगरपालिकाले बाल शिक्षक र स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि उचित प्रोत्साहन गर्ने तयारी गरेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

नगरसभामा प्रवेश गर्नेहरूकाे लागि मास्क र सेनिटाइजरकाे व्यवस्था गरिएकाे छ भने ज्वराे पनि नापिनेछ । स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै नगरसभा हलमा प्रवेश गर्ने ठाउँमा हेल्थ डेस्क राखिएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने