बागलुङ, १८ असोज २०७८ ।
गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपनी मन्त्री हरिशरण आचार्यले आफूहरु जनताको गुनासो सुन्नको लागि सँधै तयार रहेको बताउनुभएको छ । जैमिनी नगरपालिकामा सञ्चालित खानेपानी योजना तथा सिँचाईको बारेमा जानकारी लिन आइतबार बागलुङको जैमिनी आउनुभएका मन्त्री आचार्यले यस्तो बताउनुभएको हो ।
जैमिनी नगरपालिकामा भएका योजना तथा कार्यक्रमहरुमा भएका समस्या तथा प्रभावकारीताका बारेमा चासो राख्न आफूहरु जैमिनी आएको भन्दै मन्त्री आचार्यले जनताका गुनासाहरुको बारेमा चासो राख्नुभएको थियो ।
एक वर्षभित्र गण्डकीका ११ जिल्लामा एक लाख खानेपानीका धारा जडान गरिने भन्दै उहाँले गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुन्श्चिितता गर्न आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पहिले आधारभुत तहको खानेपानी पु¥याउने र त्यसपछि स्वच्छ खानेपानी पुराउने अभियानमा लागेको भन्दै मन्त्री आचार्यले एक घर एक धारा पहिलो प्राथमिकतामा परेको बताउनुभयो ।
मन्त्री आचार्यसँग जनताहरुले आ आफ्ना ठाउँमा भएका समस्या सहित गुनासा राखेका थिए । रायडाँडा कुश्मिसेरा खानेपानी आयोजना ११ बर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नु लज्जाको विषय भएको भन्दै स्थानीयहरुले योजना सम्पन्न गराउन माग गरेका छन् ।
जनताको गुनासो पछि मन्त्री आचार्यले खानेपानी तथा सरसफाई डिभिजन कार्यलय बागलुङका ईन्जिनियरहरुलाई समस्याको समाधान गर्न निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहाेस्