चाडवाडमा पनि कुश्मिसेरा बजार अनुगमन भएन, उपभोक्ता अखाद्य वस्तु प्रयोग गर्न बाध्य

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, २३ असोज २०७८ ।

जैमिनीमा बजार अनुगमन हुन नसक्दा उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग गर्न बाध्य भएका छन् । चाडवाड आउँदा पनि कुश्मिसेरा बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका हुन् ।

जैमिनीको मुख्य व्यापारिक केन्द्र कुश्मिसेरा बजारमा म्याद गुज्रेका सामग्रीहरु पटक पटक भेटिने गरेपनि नियामक निकायले बजार अनुगमन गर्न सकेको छैन । बजारमा अहिले सुजी, आँटा, चाउचाउ, भुजा लगाएत म्याद गुज्रेका भेटिने गरेका छन् ।

विशेषगरी खाद्य सामग्रीहरु र छोटो समयमा नै उपभोग गरिसक्नुपर्ने सामग्रीहरु म्याद गुज्रेको भेटिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

पसलमा सामान किन्दा व्यापारीहरुले पनि म्याद नहेर्ने र उपभोक्ताहरुले समत म्याद नहेरी लिँदा बजारमा म्याद गएका सामानहरु विक्री हुने गरेको पाइएको छ ।

अधिकांश पसलमा केहि न केहि म्याद गुज्रेका सामग्रीहरु भेटिने गरेको भएपनि व्यापारीहरुले नै लापरवाही गरेर बेच्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।

कुश्मिसेरामा म्याद नाघेका समाग्रीहरु विक्रि हुने गरेको पटक पटक गुनासो आउने गरेपनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरु गुणस्तरहिन सामग्रीहरु प्रयोग गर्न बाध्य छन् ।

जैमिनी नगरपालिका भैसकेपछि जम्मा एक पटक प्रतिनिधिमूलक मात्रै बजार अनुगमन भएको स्थानीय तिलक थापाले बताउनुभयो । एक पटक स्थानीय जनताको आँखामा छारो हाल्न मात्रै बजार अनुगमन गरेजस्तो देखाएको नगरपालिकाले त्यसपछि सर्वसाधारण जनताको स्वास्थ्यमा ख्याल नगरेको उहाँको भनाई छ ।

जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय, राष्ट्रिय उपभोक्ता मञ्च लगाएतका निकाय भएपनि दक्षिणी भेगमा त्यसको पहुँच पुग्न सकेको देखिँदैन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने