बर्षाका कारण धानवाली नष्ट हुँदा जैमिनीका कृषकहरु चिन्तित, स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १ कात्तिक २०७८ ।

निरन्तर बर्षातका कारण भित्राउने बेलाको अन्नवाली नष्ट हुँदा जैमिनीका कृषकहरु चिन्तित बनेका छन् । आइतबार देखि निरन्तर परेको अविरल बर्षाका कारण खाद्यवाली नष्ट हुँदा कृषकहरु चिन्तित बनेका हुन् ।

विशेषगरी अहिले धान भित्राउने समय भएको र यहि बेलामा पानी परेकाले पाकेको धान ढलेर क्षति भएको जैमिनी नगरपालिका ९ पैञ्युँथन्थापका कृषक रविन्द्र पौडेलले गुनासो गर्नुभयो । पाकेको धानलाई पानीले जुट्दा कतिपय झरेर नष्ट भएका छन् । धावाली संगै किसनले लगाएका तरकारी तथा फलफुलमा पनि क्षति पुगेको छ ।

टिप्ने बेलाको अन्नवाली पानीले नष्ट गरिदिएपछि स्थानीय सरकारले क्षतिको विवरण संकलन गरी पीडित कृषकलाई राहत दिनुपर्नेमा जैमिनी नगरपालिका ५ का वडा सदस्य समेत रहनुभएका कृषक देवेन्द्र रेग्मीले जोड दिनुभएको छ । मुखमा आएको वाली प्राकृतिक विपत्तिले नष्ट गरेकाले कृषकको पीडामा जैमिनी नगरपालिकाले साथ दिनुपर्ने उहाँको भनाई छ ।

आइतबार रातिदेखि निरन्तर बर्षा भैरहँदा कृषकहरु समस्यामा परेका छन् । दशैँको मुखमा पाकेको धान खेताला नपाउँदा भित्राउन नपाएको किसानहरुले बताएका छन् । अहिले तरकारीको पनि सिजन भएकाले किसानले लगाएका तरकारी पनि नष्ट भएको कृषकहरुको गुनासो छ ।

कतिपयले धान काटेर भित्राउन ठिक्क पारेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने