बागलुङ, ९ कात्तिक २०७८ ।
जैमिनीमा एमालेको नगर अधिवेशन कात्तिक ११ गते हुने भएको छ । देशभरका नगरहरुमा मंगलबारदेखि सुरु भएको अधिवेशन जैमिनीमा भने ११ गते हुन लागेको हो ।
निरन्तरको बर्षापछि बिग्रिएको बाटो लगाएतका विविध कारण ११ गते मात्रै नगर अधिवेशन गर्न लागिएको नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य लिला रानाले जानकारी दिनुभयो । सबै नेता तथा कार्यकर्ताहरु आउनुपर्ने भएकाले मोटवाटो लगाएतको असुविधालाई मध्येनजर गर्दै ११ गतेको लागि कार्यक्रम थय गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल प्रमुख वक्ताको रुपमा आउनुहुनेछ । कार्यक्रम जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार स्थित ब्याडमिन्टन कभर्डहलमा हुने नेकपा एमाले जैमिनी नगर कमिटिले जानकारी दिएको छ ।
यसअघि एमालेले जैमिनीमा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया दिनुहाेस्