सुजन प्रेमी
बागलुङ, १२ कात्तिक २०७८ ।
नेकपा एमालेकी नेतृ पद्माकुमारी अर्यालले पद पाउनु भन्दा पदको सदुपयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । बिहिबार नेकपा एमालेको जैमिनी नगर अधिवेशनलाई बागलुङको कुश्मिसेरामा सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहनुभएकी नेतृ अर्यालले यस्तो बताउनुभएको हो ।
पार्टीका नेता तथा कार्यकर्ताहरुले पदको लागि भन्दा पनि उपलब्धीको लागि संघर्ष गर्नुपर्ने भन्दै नेतृ अर्यालले कति पटक पदमा पुग्यो भन्दापनि पदमा रहँदा के गर्याे भन्ने महत्वपूर्ण रहेको धारणा राख्नुभयो । सम्बोधनको अधिकांस समय सत्तारुढ दल र विपक्षी पार्टीको टिप्पणीमा खर्चनुभएकी नेतृ अर्यालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भने खुलेर प्रशांसा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जैमिनीमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।अहिले अधिवेशनको बन्दसत्र चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा रहेको एमाले जैमिनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहाेस्