एमालेको जैमिनी नगर अधिवेशन सम्पन्न, अध्यक्षमा बद्री ढुङ्गाना-अन्य पदाधिकारी काे काे ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ कात्तिक २०७८ ।

नेकपा एमाले जैमिनी नगर कमिटिको टुंगो लागेको छ । बिहिबादेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत रुपमा शुक्रबार नेतृत्व टुंगो लागेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नगर कमिटी जैमिनीको अध्यक्षमा जैमिनी नगरपालिका ७ जैदीका.बद्री ढुङ्गाना उपाध्यक्षमा जैमिनी ९ पैञ्युँथन्थापका टीका उचै, सचिवमा जैमिनी ५ विनामारेका रमेश के.सी, उप–सचिवमा –जैमिनी १ कुश्मिसेराका भुम बहादुर पुन र जैमिनी १० राङ्खानीका गुमा नेपाली चयन हुनुभएको नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य लिला रानाले जानकारी दिनुभयो । नगर कमिटि ७५ सदस्यको बनेको छ ।

अधिवेशनले सर्वसहमती बाटै पदाधिकारीहरुको टुङ्गो लगाउने भनिए पनि शुक्रबार राती अबेर अध्यक्षको मात्र टुंगो लागेको थियो । केहि पदहरु सर्वसम्मत रुपमा टुंगो लागेको भएपनि अन्तिममा आएर हेरफेर भएको भन्दै केहि नेता तथा कार्यकर्ताहरुले असन्तुष्ट जनाएका छन् । सर्वसम्मतको नाममा लिइएको कदमले आफुहरु मर्कामा परेको उनिहरुको गुनासो छ ।

अध्यक्ष पदका लागि जैदीका बद्री ढुङ्गाना र राङ्खानीका दिल प्रसाद पौडेलको उमेदवारी परेको थियो । सर्वसम्मतिका लागि बनेको मण्डलले अध्यक्ष घोषणा गर्ने भन्ने बिषयमा अर्का आकांक्षी दिल प्रसाद पौडेलको असहमती रहेको र निर्वाचनमा जानुपर्ने हस्ताक्षर सहितको निवेदन पेश गरेपछी अध्यक्ष मण्डलले प्रतिनिधि को बिचमा छलफल गरि टुङ्गो लगाउन निर्देशन गरेको श्रोतले जानकारी दिएको छ ।

अन्तमा सहमती बाटै दिल प्रसाद पौडेलले बद्री ढुङ्गानालाई अध्यक्ष बनाउन सहमत भएपछि अध्यक्षको पद टुंगो लागेपनि अन्य पदको लागि भने शनिबार दिनभर नै कसरत गर्नुपरेको नेकपा एमालेले जानकारी दिएको छ ।

याे पनि पढ्नुहाेस् । 

नेकपा जैमिनी अधिवेशनः पदमा पुग्नु भन्दा पदको सदुपयोग गर्नु महत्वपूर्ण- नेतृ अर्याल

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने