एजेन्सी
काठमाडाैं, २९ चैत २०७८ ।
स्वीडेन र फिनल्यान्ड पनि नेटोमा आबद्ध नहुन रूसले आग्रह गरेकाे छ ।
रुसले स्वीडेन र फिनल्यान्डलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको हाे । रूसले स्वीडेन र फिनल्यान्ड नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आरोप समेत लगाउनुभएको छ ।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा स्वीडेन र फिनल्यान्डको नेटो सदस्यबारे छलफल हुने सम्भावना देखिएकाे बताइएकाे छ ।
तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ । सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।
प्रतिक्रिया दिनुहाेस्