आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं । देशका धेरै ठाउँमा आज पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा उल्लेख गरिएको छ । यसकै प्रभावले आज काठमाडौंसहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ ।

पूर्व र पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आजको भन्दा सोमबार र मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने