एकैदिन थपिए ३३४ काेराेना संक्रमित,मृत्यु हुनेकाे संख्या १०

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं । नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। याेसँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन्। यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।

कोभिड-१९ का कारण थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे। उनी भारतबाट फर्किएका पाल्पाका पुरुष रहेकाे जनाइएकाे छ।

भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङक्रमण देखिएको डा. देवकोटाले बताउनुभयाे।

यससँगै नेपालमा अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३,८६७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

बुधवार २४ घण्टाभित्र २०१ जनामा सङ्क्रमण पुष्टि भएपछि उक्त सङ्ख्या २,३०० पुगेको थियो।

अहिले देशभरि क्वारन्टीनमा १,६१,००० जनभन्दा बढी व्यक्ति छन्। तीमध्ये कर्णाली प्रदेशमा हुनेको सङ्ख्या ५८,२४१ भएको मन्त्रालयले जनाएको छ। अहिले देशमा सबै प्रदेशका कुल ६५ जिल्लामा कोभिड-१९ पुगिसकेको छ।

तीमध्ये प्रदेश नं २ र ५ सर्वाधिक प्रभावित भएको देखिएको छ।क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ। केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार