Breaking News: चट्याङ लागेर बागलुङमा एकजनाकाे ज्यान गयाे, घरमा क्षति

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ बैशाख २०७७ ।

चट्याङ्ग लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको हाे ।

गोठमा भैँसी दुहुँदै गर्दा कँडेल चट्याङ लागेर घाइते हुनुभएकाे थियाे । घाइते उहाँकाे धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएकाे छ । कँडेलकाे घरमा पनि क्षति भएकाे प्रहरीले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार