साउन महिनामा ११ हजार कन्यापुजन हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, १९ असार २०८१ ।

साउन महिनामा ११ हजार कन्यापुजन गरिने भएको छ । मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रमा ११ हजार कन्या पुजन गर्न लागेको हो ।

साउन १ गते देखि पशुपति मन्दिर क्षेत्रको वनकालीमा आयोजना हुने ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा ११ हजार कन्यापुजन गरिने आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कन्यापुजनमा देशभरका ११ हजार कन्याहरु उपस्थित हुनेछन् ।

फाउण्डेशनले छोरीको घर ज्येष्ठ नागरिक आश्रम र मामाघर अनाथालय आश्रम सञ्चालन गरिरहेको छ । ललितपुरको बाडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको आयोजकले जनाएको छ । मामाघर आश्रममा देशका विभिन्न स्थानका करिव ८३ जना अभिभावक विहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसाहारा आमावुवाले आश्रय प्राप्त गर्दै आएका छन् ।

महायज्ञमा विश्वविख्यात कथावाचकहरुको प्रवचन रहनेछ । महायज्ञको उद्घाटन गर्न ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्द सरस्वती जी महाराज आउने कार्यक्रम तय भएको छ । साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्रको हंसमण्डपमा सञ्चालन हुने महायज्ञमा देश तथा विदेशबाट भक्तजनहरुको उपस्थिति रहने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार