४९२९ जनामा काेराेना संक्रमण,एकैदिन ३५ जनाकाे ज्यानगयाे, ज्यान गुमाउनेकाे संख्या बढ्दै

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १६ बैशाख २०७८ ।

नेपालमा थप ४ हजार ९ सय २९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । देशभरीका बिभिन्न प्रयाेगशाला हरूमा  कुल १२ हजार ५ सय ९७ नमुनाकाे  पीसीआर परीक्षण गरीएकाेमा थप ४ हजार ८ सय ३१ जना साथै ९ सय ६३ नमुनाकाे एन्टिजेन परीक्षण गरीएकाेमा ९७ जना गरी कुल ४ हजार ९ सय २८ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

 

नयाँ सिंक्रमित थपिएसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८८ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै संक्रमण निकाेहुनेकाे कुल संख्या २ लाख ८० हजार १ सय ६७ पुगेकाे छ ।

 

यसैगरी कोरोना संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३ हजार २ सय ४६ पुगेको मन्त्रालयले जनाएकाे छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार