निषेधाज्ञाकाे अवधिमा पनि काठमाडाैँ उपत्यकामा पेट्राेल पम्प खुला रहने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, १६ बैशाख २०७८ ।

काठमाडाैँ उपत्यकामा निषेधाज्ञाकाे अवधिमा पनि पेट्राेल पम्प खुला रहने भएकाे छ ।

निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोल पम्प खुला रहने भएका हुन् ।

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निगमका प्रवक्ता विनितमणि उपाध्यायले  बताउनुभयाे ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीबारदेखि लागू हुने गरी कोरोना संक्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार बिहानैदेखि राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार