बागलुङ, १६ जेठ २०७८ ।
जैमिनीमा जारी लकडाउनको अवधी थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा जेठ २२ गतेसम्मका लागि लकडाउन थप गरिएको हो ।
शनिवार बसेको सरोकारवालाहरुको बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । यस अवधिमा लकडाउनलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ ।
सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङले पनि यस अघि नै २२ गतेसम्मका लागि निषेधाज्ञाको अवधी थप गरिसकेको छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्