सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचार गरिने, ६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १५ जेठ २०७८ ।

सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासङ्घको कार्यालय परिसर सञ्चारग्राममा प्रेस सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

सोहीअनुसार सबै स्थानीय तहमा फाेर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दूरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ । अर्थमन्त्री पौडेलका अनुसार नेपाल टेलिभिजनको प्रसारणलाई विश्वव्यापी बनाउन एनटीभी वल्र्ड कार्यक्रम प्रसारण गरिनेछ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

सरकारले  आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभयो ।

अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । त्यस्तै, पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो ।

सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा बजेट प्रस्तुत गर्न शुरु गर्नुभएको थियो । ६ बजेर ५३ मिनेटमा सम्पन्न गर्नुभयो । उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरुले यो अवस्थामा पूर्णआधारको बजेट ल्याउन नहुने जिकिर गरिरहनुभएका बेला सरकारले पुर्ण आकारको बजेट ल्याएको हो ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार