धौलागिरी आयुर्वेद औषधालयद्वारा जैमिनीका जेष्ठ नागरिकहरुलाई आयुर्वेदिक औषधि वितरण

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, २५ जेठ २०७८ ।

जैमिनीका जेष्ठ नागरिकहरुलाई आयुर्वेदिक औषधि वितरण गरिएको छ । मंगलवार धौलागिरी आयुर्वेद औषधालय बागलुङले जैमिनीका नागरिकहरुलाई आयुर्वेदिक औषधि वितरण गरेको हो ।

कोरोना जित्नका लागि आवश्यक रोग प्रतिरोधात्मक क्षमता बढाउन जैमिनी नगरपालिकाको कुश्मी प्राथमिक विद्यालयमा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरी औषधि वितरण गरिएको धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज कुमार रायले जानकारी दिनुभयो । कार्यक्रमबाट ४२ जेष्ठ नागरिक सहित ५२ जना सेवाग्राहीले सेवा पाएका छन् ।

कार्यक्रममा निःशुल्क मधुमेह र उच्च रक्तचापको परिक्षण गरिनुका साथै विभिन्न रोग एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधीहरु ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’ च्यावन्प्रास, अश्वगन्धा, आमलकी, त्रिफला, महानारयान तेल, सितोपलादी अविपत्तिकर, चन्द्रप्रभा वटी, सर्पागन्धा वटी जस्ता आयुर्वेदिक औषधिहरु वितरण गरिएको थियो ।

औषधालयले बिभिन्न औषधिहरु “आयुर क्वाथ”, “गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण”, अश्वगन्धा, गुडूची आमालाकी चुर्ण निर्माण पनि गरेको छ । काेराेना संक्रमणबाट बच्न र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागी घर-घरमा र कार्यालयमा समेत औषधी वितरण गरिरहेको प्रमुख रायकाे भनाई छ ।

बैशाख महिनासम्म औषधालयले ५ सय ४९ जनालाई रोगप्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधी र १ सय १८ जना काेराेना  संक्रमितलाई लक्षण अनुसारको औषधी वितरण गरिसकेको छ ।

कोरोनाबाट बच्न आयुर्वेदिक औषधिको प्रभावकारीता बारे डा. सरोज कुमार राय सँगको कुराकानी

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने