सुजन प्रेमी
बागलुङ, ९ असोज २०७८ ।
उत्पादित दुधको बजार व्यवस्थापनको लागि जैमिनीमा समन्वय समिति गठन भएको छ । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका सम्पूर्ण दुग्ध स.कलन केन्द्रका प्रतिनिधिहरुको भेलाले दुग्ध व्यवस्थापन समन्वय समिति गठन गरेको हो ।
शुक्रबार जैमिनी नगरपालिका पशु सेवा शाखाको सक्रियतामा बागलुङ नगरपालिका १२ टाकुरीका मुक्ती आचार्यको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन गरेको जैमिनी नगरपालिका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा उत्पादित दुधको बजारीकरणका लागि बाहिरी जिल्लामा निर्यात गर्नुपर्ने भएकाले समन्वय समिति गठन गरिएको उहाँको भनाई छ ।
जैमिनी नगरपालिकाका सम्पूर्ण दुग्ध संस्थाहरु, संकलन केन्द्र तथा कृषकहरुको राय अनुसार गठन गरिएको समितिले अब उत्पालित दुधको उचित मुल्य सहित बजारीकरण गर्नेछ ।
जैमिनी नगरपालिका भरी उत्पादित दुध अहिले बागलुङ पर्वत र पोखराका डेरीहरुमा बिक्री गर्ने गरिएको छ । जैमिनी अहिले दुधमा आत्मनिर्भर बनिसकेको छ भने यहाँबाट निर्यात हुने परिणामको दुध उत्पादन हुने गरेको छ ।
हिउँदमा दुध खपत भएपनि बर्खामा बाटोका कारण दुध निर्यातमा समस्या हुँदा जैमिनीका किसानहरु मर्कामा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहाेस्