नेपाली कांग्रेसकाे जैमिनी नगर अधिवेशन सुरु, सभापतिमा आचार्य र सापकोटाको उम्मेदवारी

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, ९ असोज २०७८ ।

नेपाली कांग्रेस जैमिनी नगर समितिको प्रथम अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार जैमिनीमा प्रथम अधिवेशन सुरु भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बागलुङका सचिव नवराज पौडेलको विशेष उपस्थितिमा भएको कार्यक्रमको उद्घाटन सत्र सकिएको नेपाली कांग्रेस जैमिनी नगर समितिका सचिव पुरन श्रीसले जानकारी दिनुभयो ।

उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले पार्टी भित्रै टकराव सिर्जना भए पार्टीको अस्तित्व सकिने भन्दै सबैलाई मिलेर जान आग्रह गरेका छन् ।

यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले मनोनयन दर्ता गर्ने उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको् नामावली प्रकाशन भएपछि दावी विरोध र मनोनयन फिर्ताको समय दिइने र अन्तिम नामावली प्रकाशन गरी भोली चुनाव गराउने निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस जैमिनी नगर सभापतिमा वर्तमान नगर सभापति काशिराम आचार्य र दमेकका जन प्रतिनिधि तथा जैमिनी २ का वडा सदस्य समेत रहनुभएका प्रेम सापकोटाको उम्मेदवारी परेको छ ।

उप सभापतिमा ओम बहादुर केसी, किरन शर्मा र विमल श्रीसको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । नगर सचिव पदका लागि बम बहादुर क्षेत्री, नारायण अधिकारी र शिव कुमार श्रीसले उम्मेदवारी दिनुभएको छ । सह सचिवमा ईश्वरी प्रसाद चापागाईँ, डिल्लीराज पौडेल, दिपक सुवेदी र बिमल आचार्यको उम्मेदवारी परेको निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।

नामावली प्रकाशन भएपछि अहिले दावी विरोध तथा उम्मेदवारी फिर्ताको समय छुट्याइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो