आज टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै, यस्ताे छ धार्मिक महत्व

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ३० असाेज २०७८ ।

दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।

साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ । उज्यालाे अनलाइनबाट


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने