धार्मक सहिष्णुताकाे एक उदाहरणः हिन्दू–मुस्लिम समुदायले एकापसमा मिलेर लगाए दशैंको टीका

याे सामग्री सेअर गर्नुहाेस्

विजयकुमार साह
ढल्केवर, ३० असोज २०७८ ।

धनुषाधाम नगरपालिका ५, नौसयबिघा गाउँमा हिन्दू–मुस्लिमले एकापसमा मिलेर टीका लगाएर दशैंको शुभकामना आदानप्रदान गरेका छन् ।

हिन्दू परम्पराअनुसार शुक्रबार दशैंको टीका लगाउने शुभ साइतमा नौसयबिघाका स्थानीयले “समाजिक सद्भाव संस्कार” नारा दिएर आयोजना गरेकोे टीका कार्यक्रममा हिन्दूले मुस्लिमलाई र मुस्लिमले हिन्दूलाई दशैंको टीका लगाएर शुभकामना आदानप्रदान गरेका हुन् ।

टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कार्यक्रममा उपस्थित हिन्दू–मुस्लिमलाई टीका र जमरा लगाई दिएर दशैंको शुभकामना दिनुभयो । यस्तै मुस्लिम तथा हिन्दू समुदायले एकापसमा टीका तथा जमरा लगाई दिएर शुभकामना आदानप्रदान गर्नुभयो ।

टीका कार्यक्रममा करिब तीनसय जनाको उपस्थित थियो । जसमा करिब ६० जना मुस्लिम समुदायकाले दशैंको टीका ग्रहण गर्नुभयो । नौसयबिघा गाउँमा दुईसय घर मुस्लिम समुदायको रहेकोछ ।

कार्यक्रमका प्रमुख आतिथि तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख मण्डलले एक समुदायले मान्दै आएको धर्म, सँस्कृति र परम्परालाई अर्को समुदायले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले समाजिक भाइचारा र एकापसमा सद्भाव कायम राख्न यस्तो कार्यक्रम भइरहनु पर्ने चर्चा गर्नुभयो ।

नगर प्रमुख मण्डलले नगरपालिकामा पहिलो पटक यस किसिमको कार्यक्रम गरिएको भएपनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका संयोजक शंकर यादवले हिन्दु समुदायले मात्र दशैंमा टीका लगाउने चलनलाई मधेशी तथा अन्य समुदायले सम्मानकासाथ ग्रहण गरुन् भनेर कार्यक्रमको आयोजना गरेको बताउनुभयो । गाेखापत्र अनलाइनबाट 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो