काठमाण्डाै, २५ बैशाख २०७९ ।
मतदानकाे दिन पनि पानी पर्ने सम्भावना देखिएकाे छ । बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले सको केही प्रभावले चुनावका दिन पानी सम्भावना देखिएकाे हाे ।
मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना भएकाले साे अनुसार तयारी गरेर मतदान गर्न जान उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।
यसैबीच, आज पनि वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । अन्य प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्