आगलागीमा परि एकजनाकाे मृत्यु, पुरै घर जलेर नष्ट

याे सामग्री सेअर गर्नुहाेस्

पाल्पा, २३ बैशाख २०७९ ।

पाल्पामा आगलागीमा परि एकजनाकाे मृत्यु भएकाे छ । गएराति  रैनादेवी छहरा गाउँपालिका-४ का ७९ वर्षीय मानबहादुर सोमै मगरको आगलागीमा परि ज्यान गएको हाे ।

एक्लै बस्दै आउनुभएका सोमैको घरमा गएराति करिब एक बजेतिर आगो लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आगोले घर पूरै जलेर नष्ट भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

एक्लै बसेका वृद्धकाे घरमा कसरी आगलागी भयाे भन्ने खुल्न सकेकाे छैन ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो