बागलुङ, १७ जेठ २०७९ ।
बागलुङको जैमिनीमा गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा जैमिनी नगरपालिकाले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
कक्षा ९ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरु सहभागी भएको प्रतियोगितामा जनता माध्यामिक विद्यालय जैमिनी ९ पैञ्युँथन्थापकाे विद्यार्थी सम्झाैता सप्लाङ्गी प्रथम, सोहि विद्यालयका मिलन सप्लाङ्गी दित्तीय र जनता माध्यामिक विद्यालय जैमिनी ४ सर्कुवाका आणर्व शर्मा तृतीय भएको शिक्षा अधिकृत मिरा देवी शर्माले जानकारी दिनुभयो । १४ जना सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले “लोकतान्त्रिक गणतन्त्र सुदृृढीकरणका लागि स्थानीय तहको भूमिका” विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, दित्तीय हुनेले ३ हजार रुपैयाँ र तृतीय हुनेले १ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
बिहिबार जैमिनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले नगरपालिकाभरका माध्यामिक विद्यालयहरुलाई एकजना छात्र र एकजना छात्रा गरी प्रत्येक विद्यालयबाट २ जना सहभागी पठाउन परिपत्र गरेको थियो तर विद्यार्थीहरुको सहभागिता भने न्युन रहेको छ । १७ वटा माध्यामिक विद्यालय रहेको जैमिनीमा ८ वटा विद्यालयका १६ जना विद्यार्थीले मात्रै सहभागिता जनाएका थिए । १६ जनाको नाम दर्ता भएपनि २ जना सहभागीता नजनाएपछि १४ जनाविच प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले विद्यार्थीहरुले आफ्नो क्षमता देखाउने शाहस गर्नु नै उत्तम कार्य भएको भन्दै पढाई बाहेक बाह्य क्रियाकलापहरुमा पनि उनिहरुको सहभागिता अनिवार्य रहेको बताउनुभयो । आफूहरु निर्वाचित भएर आएपछि जैमिनीको शिक्षा क्षेत्रलाई कसरी प्रभावकारी र व्यवहारिक बनाउन सकिन्छ भनेर आफूहरु लागिरहेको उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले अहिलेका सवद्यार्थी भोलिका कणधार भएकाले विद्यार्थीहरुको शिक्षा प्रभावकारी हुनुपर्ने बताउनुभयो । शिक्षा हासिल गरेका विद्यार्थीहरु श्रम बजारमा बिक्न सक्नेगरी शिक्षाको पहुँच विस्तार गर्नुपर्ने भन्दै उहाँले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतियोगितामा भाग लिएका विद्यार्थीको विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहाेस्