बागलुङ, १७ जेठ २०७९ ।
जैमिनी नगरपालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । मंगलबार गरिएको निर्वाचनबाट कार्यपालिका सदस्य चुनिएका हुन् ।
५ जना आन्तरिकबाट (निर्वाचित) महिला र ३ जना खुल्लाबाट (मनोनित) दलित तथा अल्पसंख्यक गरी ८ जना सदस्यमध्ये ११ जनाको उम्मेदवारी परेको थियो । कार्यपालिकामा सबै ५ दलीय गठबन्धनका उम्मेदवारहरु आएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसबाट गीता कुमारी विक र भगवती शर्मा सापकोटा, नेकपा माओवादी केन्द्रबाट शान्ति सुनार र दुर्गा देवी पाध्य र राष्ट्रिय जनमोर्चाबाट शान्तकला शर्मा चयन हुनुभएको निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । ५ जना सदस्यको लागि ९ जनाको उम्मेदवारी परेकोमा ४ जनाले फिर्ता लिएपछि ५ जना सर्वसम्मत निर्वाचित भएका थिए ।
यस्तै ३ जना दलित तथा अल्पसंख्यकमा ७ जनाको उम्मेदवारी परेकोमा १ जनाले फिर्ता लिएर ६ जना चुनावी मैदानमा होमिएका थिए । जसमध्ये नेपाली कांग्रेसका चिन्तामणी दर्जी, माओवादी केन्द्रका लाल बहादुुर परियार र नेकपा एकिकृत समाजवादीका भरत विक अत्याधिक मत सहित विजयी हुनुभएको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । उनिहरुलाई मंगलबार नै निर्वाचन कार्यलयले प्रमाणपत्र वितरण गरेको र सपथ ग्रहण गराइएको छ ।
कार्यपालिकाका सदस्यहरु निर्वाचित भएपछि अब जैमिनीमा १९ गते कार्यपालिकाको बैठक बस्ने तयारी भएको नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । १० वटा वडा रहेको जैमिनी नगरपालिकामा ५५ जना पदाधिकारी चुनिएका छन् । नगर प्रमुख र उप प्रमुख २ जना सहित १० वटा वडाका ५/५ जना गरी ५० जना पदाधिकारी र ३ जना खुल्ला (दलित तथा अल्पसंख्यक) बाट निर्वाचित सहित गरी ५५ जना पदाधिकारी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहाेस्