कुश्मिसेरामा तीन दिवसीय योग शिविर सम्पन्न, योगले जिवनमा हरियाली ल्याउँछ: प्रशिक्षक

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ २९ चैत २०७७ ।

कुश्मिसेरामा तीन दिवसीय योग शिविर सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शुक्रबारदेखि सुरु भएको तीन दिवसीय योग शिविर आइतबार सम्पन्न भएको हो ।

जैमिनी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा स्वास्थ्य प्रवर्धनका लागि तीन दिवसीय योग शिविरमा धौलागिरि आर्युवेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज कुमार राय, पतञ्जली योग समिति बागलुङका अध्यक्ष हिरा बहादुर केसी, जैमिनी संस्कृत आधारभुत पाठशालाका गुरु कृष्ण सापकोटा लगाएतले प्रशिक्षण दिनुभएको थियो ।

हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराको प्रांगणमा बिहान साँढे ५ बजेदेखि साँढे ८ बजेसम्म ३ घण्टा विभिन्न योगका क्रियाकलापहरु सिकाइएको शिविरमा करिव ६० जनाले सेवा लिएको जैमिनी नगरपालिका आर्युवेद शाखाका शाखा प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

नसर्ने रोगहरु प्रकोप बढ्दै गएको अवस्थामा आर्युवेदिक जिवनशैलि तथा योगको माध्यामबाट त्यस्ता रोगहरुको न्युनिकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । आहार विहार, सद्वृत्त, दिनचर्या, ऋतुचर्या र आचार रसायनको माध्यामबाट जिवनशैलि परिवर्तन गरी आम नागरिकको स्वास्थ्यमा गुणस्तरीय सुधार ल्याउन यस कार्यक्रमले मद्दत पुगेको छ ।

योग शिविरमा धौलागिरि आर्युवेद औषधालय बागलुङका प्रमुख डाक्टर सरोज कुमार रायले योग गर्ने अभ्यासहरु र त्यसका परिणामहरुका वारेमा जानकारी गराउनुभएको थियो । सन्तुलित भोजन र सकारात्मक सोचले मानव जिवनमा परिवर्तन आउने भन्दै उहाँले खानपान र व्यायाममा ध्यान दिन सुझाव दिनुभयो ।

पतञ्जली योग समिति बागलुङका अध्यक्ष हिरा बहादुर केसीले योग, ध्यान र साधनाले मान जिवनमा उत्प्रेरणा जगाउने बताउनुभयो । हरेक दिन योग गर्नु अनिवार्य भएको भन्दै उहाँले जिवन शैलि स्वच्छ र स्वस्थ्य राख्न हरेक योग अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार