बजेट २०७८: सबै क्षेत्रलाई समेट्न सफल भनिएकाे बजेट यस्ताे छ (पूर्णपाठ सहित)

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १६ जेठ २०७८ ।

सरकारले  आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । शनिवार  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा प्रस्तुत गर्न शुरु गर्नुभएको बजेट भाषण ६ बजेर ५३ मिनेटमा सम्पन्न भएकाे थियाे । उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

सरकारले आउँदाे बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कोभिड–१९ महामारीमा परेको व्यवसायलाई पुनरुत्थान गरी अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न किसिमको कर छुट र भन्सार छुट तथा पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जाको कार्यक्रम ल्याएको छ ।

स्वास्थ्य पूर्वाधार विकासका लागि कोभिड–१९ उपचारमा प्रयोग हुने उपकरणमा भन्सार छुटका साथै अक्सिजन प्लान्ट स्थापनाका लागि अनुदानको व्यवस्था गरेको छ ।

चौतर्फी विरोध भइरहे पनि सरकारले अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक  गरेकाे थियाे ।

बजेटकाे पूर्णपाठ हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने