निकाेहुने बढ्दैः६ हजार भन्दा धेरै निकाेभए,४३६९ जनामा काेराेना संक्रमणः१०९ जनाकाे ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, १६ जेठ २०७८ ।

एकैदिन ६ हजार भन्दा धेरै काेराेना संक्रमित निकाे भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरै काेराेना संक्रमित निकाे भएका हुन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा ६ हजार २ सय ५ जना काेराेना संक्रमण निकाेभइ घर फर्किएका मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयाे । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेकाे छ ।

 

यसैगरी थप ४ हजार ३ सय ६९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । देशभरीका विभिन्न प्रयाेगशालामा १० हजार ९ सय ८६ नमुनाकाे पीसीआर परीक्षणमा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ नमुनाकाे एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी कुल ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ ।  याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

 

यस्तै थप १ सय ९ जनाकाे काेराेना संक्रमणका कारण मृत्युभएकाे छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी थप १ सय ९ जनाकाे काेराेना संक्रमणका कारण मृत्युभएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या  ७ हजार २ सय ७२ पुगेकाे छ ।

 

हाल सक्रिय संक्रमितकाे कुल संख्या १ लाख ८ हजार ८ सय ९७ रहेकाे छ । जसमध्ये १ लाख १ हजार ३ सय ३४ जना  होम आइसोलेशनमा र ७ हजार ५ सय ३६ संस्थागत् आइसोलेशनमा छन् ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार