मन्त्रिपरिषद्काे निर्णयः यस वर्ष पनि एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, १८ जेठ २०७८ ।

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ ।

यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेकाे हाे । साेमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ ।

विद्यार्थीको समयको सदुपयोग हुने तथा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको निकास खोल्न लागिएको जनाइएकाे छ । कक्षा ११ को परीक्षा यसअघि नै विद्यालयलाई जिम्मा दिने निर्णय भइसकेको छ । यस अघिनै एसईई आन्तरिक मूल्यांकन विधि अनुसार गराउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेकाे थियाे ।

 

परीक्षा सञ्चालनका लागि सरकारको अनुमति पाएलगत्तै प्रक्रिया सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले  कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न आफूहरूले प्रक्रिया सुरु गर्ने जानकारी दिनुभयो ।

पुरानो मोडलको तीन घण्टाको परीक्षा हुने सम्भावना लगभग टरेको अवस्थामा विभिन्न विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्ने प्रस्ताव सरकारलाई पठाइएको उहाँले बताउनुभयो । वैकल्पिक विधि भन्नाले विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्याङ्कन गर्ने योजना रहेको बताइएकाे छ । गत वर्षभन्दा फरक तरिकाको मूल्याङ्कन गर्ने मोडल आफूहरूले स्थापित गराउन चाहेको समेत पौडेलले जानकारी गराउनुभयाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने