पश्चिमी,स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव,बिहिबार सम्म हावाहुरी सहित वर्षा हुने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, १८ जेठ २०७८ । 

नेपालमा बिहिबार सम्म हावाहुरी सहित वर्षाकाे सम्भावना देखिएकाे छ ।

पश्चिमी,स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण बिहिबार सम्म हावाहुरी सहित वर्षाकाे सम्भावना देखिएकाे हाे ।  अहिले देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । हाल प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू-भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

मंगलबार अर्थात आज दिउँसो, देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ । रातीमा भने प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का केहि स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाकाे सम्भावना देखिएकाे छ ।

 

बुधबार दिउँसो,प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातीमा प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

 

बिहिबार दिउँसो, प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १ का थोरै स्थानहरु र अन्य प्रदेशका पहाडी भूभागका केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। रातीभने प्रदेश १ मा आंशिक देखी सामान्य बदली र अन्य प्रदेहका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ का थाेरै स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना देखिएकाे छ ।

 

आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले समयमै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार