Breaking News: जैमिनीमा फेरि निषेधाज्ञा थपियो: केहि क्षेत्र खुकुलो, बैंक दैनिक खुल्ने

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ७ असार २०७८ ।

जैमिनीमा जारी निषेधाज्ञाको अवधी पुनः थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

सोमबार बसेको सरोकारवालाहरुको बैठकले असार १५ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । यस अवधिमा जिल्ला प्रशासन कार्यलय बागलुङले तोके अनुसारको मोडलमा निषेधाज्ञा गरिने बैठकले निर्णय गरेको छ ।

अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १२ बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनाको आधारमा जैमिनीमा रहेका बैंक तथा बित्तिय संस्थाहरु दैनिक ९ बजेदेखि १२ बजेसम्म खुल्नेछन् ।

सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङले पनि यस अघि नै असार १५ गतेसम्मका लागि निषेधाज्ञाको अवधी थप गरिसकेको छ ।

जैमिनी सहित बागलुङ जिल्लाभर यसअघि थप भएको निषेधाज्ञा समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको थियो ।

जैमिनीकाे सूचना हेर्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार