बरेङमा रेडियो कार्यक्रम प्रभावकारी देखिएपछि आगामी बर्षको लागि पनि निरन्तरता

याे सामग्री सेअर गर्नुहाेस्

 

दिपेन्द्र परियार
बागलुङ, ८ असार २०७८ ।

बरेङ गाँउपालिकाले शिक्षा सम्बन्धि रेडियो कार्यक्रमलाई प्राथमिकता दिएपछि लक्षित वर्गहरु खुशी भएका छन् । बागलुङको बरेङ गाँउपालिकाले बिषयगत क्वीज रेडियो कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०७८÷०७९ मा निरन्तरता दिएसँगै बिद्यालय, शिक्षक, बिद्यार्र्थी र अविभावकहरु उत्साहित भएका हुन् ।

प्रायजसो खेलकुदमा रमाउने बालबालिकालाई रेडियो कार्यक्रमले स्वःअध्ययन तर्फ केन्द्रित गराएको भन्दै बरेङ गाँउपालिकाले नयाँ आर्थिक बर्षभरिका लागी बजेट विनियोजन गरिदिएपछि अविभावकहरुले गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

रेडियो कार्यक्रमले निरन्तर बिद्यार्थीलाई अध्ययनशिल बनाउने मात्र नभई उनिहरुको प्रतिभा पहिचानदेखि विषयगत शिक्षक, बिद्यालय, अविभावक समेतलाई क्रियाशिल बनाएर स्थानिय सरकार सँगको सम्बन्धलाई पनि सकारात्मक बनाएको बिषयगत क्वीज रेडियो कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएकोमा महेन्द्र माध्यामिक बिद्यालयका प्रधानाध्यापक खिम बहादुर पुनले खुसी व्यक्त गर्नुभयो ।

“विषयगत क्वीज रेडियो कार्यक्रम अत्यन्तै प्रभाबकारी छ” पुनले भन्नुभयो “बरेङ गाँउपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिएकोमा हामी थप उत्साहित भएका छौ, बिगतको तुलनामा कार्यक्रमलाई थप व्यवस्थित र प्रभाबकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा सबै सँग छलफल गरेर छिट्टै सञ्चालन गर्नु पर्छ”

बरेङमा यो कार्यक्रम निकै प्रभाबकारी तथा लोकप्रिय बनेपछि अबको आर्थिक बर्षमा पनि रेडियो कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

“बन्दाबन्दी को समयमा बिद्यार्थीको सिकाई क्रियाकलापलाई निरन्तरता दिन स्थानीय सञ्चारलाई उपयोग गरौ भन्ने लाग्यो र त्यहि अनुसार यो कार्यक्रम लिएका थियौ” अध्यक्ष शर्माले भन्नु भयो “बरेङमा यो कार्यक्रम सफल र प्रभाबकारी भएपछि आउने आर्थिक बर्षमा समेत यसलाई निरन्तरता दिएका छौ”

आर्थिक बर्ष ०७७÷०७८ मा बन्दाबन्दीको समयमा परिक्षणको रुपमा हप्तामा १ दिन सञ्चालन गरिएको रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी तथा लोकप्रीय बनेपछि गत बैशाख ३१ गतेबाट असार ३ गते सम्म दैनिक १ घण्टा रेडियो बिहानी ८९ मेगाहर्ज बरेङबाट सञ्चालन गरिएको थियो । बन्दाबन्दीको अबस्थामा मात्रै नभई अन्य समयमा पनि कार्यक्रम प्रभावकारी हुने सबै सरोकारवालाहरुको सुझाब र माग अनुसार नयाँ आर्थिक बर्षभरिका लागी ३ लाख रकम बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । कार्यक्रम श्राबण १ गते बाट पुनः सञ्चालन हुने अधिकृत थापाको भनाई छ ।

बरेङमा रेडियो कार्यक्रम प्रभाबकारी भएपछि अन्य पालिकाका विद्यार्थीहरुले समेत यस्ताखाले कार्यक्रमको माग गरेका छन । कार्यक्रम बरेङ बजारमा रहेको सामुदायीक रेडियो बिहानी ८९ मेगाहर्ज र कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज बाट प्रशारण भएको थियो ।

बरेङ गाउँपालिकाले आमसञ्चारका माध्यामहरुलाई भरपुर प्रयोग गरेर प्रभावकारी रुपमा कार्यक्रमहरु गरिरहेको छ । शिक्षा, स्वास्थ्य, कृषि लगाएतका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रभावकारी ढंगले सञ्चालन गर्न रेडियो कार्यक्रम मार्फत सचेतना दिइने गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार