जैमिनीकाे नगरसभा सुरू हुँदै, शुभेक्षा एफ एम र जिल्लाखबर बाट प्रत्यक्ष प्रशारण गरिने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असार २०७८ । 

जैमिनी नगरपालिकाकाे नवाैँ नगरसभा सुरू हुन लागेकाे छ । बागलुङकाे जैमिनी नगरपालिकाकाे नवाैँ नगरसभा केहि बेरमा सुरू हुन लागेकाे हाे ।

कार्यक्रम नवनिर्मित कभर्डहलमा गर्ने तयारी भएकाे छ । ११ बजे सुरू हुने भनेपनि पानी परेका कारण केहि ढिला भएकाे नगर प्रमुख इन्द्रराज पाैडेलले बताउनुभयाे ।

नगरसभामा प्रवेश गर्नेहरूकाे लागि मास्क र सेनिटाइजरकाे व्यवस्था गरिएकाे छ भने ज्वराे पनि नापिनेछ । स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै नगरसभा हलमा प्रवेश गर्ने ठाउँमा हेल्थ डेस्क राखिएकाे छ ।

 

कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।

याे पनि पढ्नुहाेस् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार