जैमिनीको नगरसभा भोलि, यस्तो छ नीति तथा कार्यक्रम र बजेटको प्राथमिकता

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ९ असार २०७८ ।

जैमिनी नगरपालिकाले बिहिबार नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ । बागलुङ जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गर्न लागेको हो ।

बिहिबार ११ बजे जैमिनी नगरपालिका कार्यलय पछाडि रहेको नवनिर्मित कभर्डहलमा नगरसभा गर्ने तयारी भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो ।

कोरोनाको महामारीका कारण भर्चुअल बिधिबाट कार्यक्रम गर्ने की ? भन्ने सोच गरेपनि त्यो सम्भव नभएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।

यस बर्ष नगरपालिकाले केहि थप कार्यक्रमहरु पनि ल्याउने तयारी गरेको नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । शिक्षा अन्तरगत सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।

“हामीले गत बर्षका केहि कार्यक्रमहरुलाई पनि निरन्तरता दिएका छौँ” जिल्लाखबर डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो “कृषिमा सबैलाई लाभ हुनेगरी बिभिन्न परियोजनाहरु सञ्चालन गर्ने तयारीमा छौँ जसले थोरै समुह सहित व्यक्ति व्यक्तिलाई समेत लाभ हुनेछ ।”

नगरपालिकाले सुन्दर घर, सुन्दर समुदाय तथा सुन्दर वस्ती बनाउन नयाँ कार्यक्रम ल्याउने उहाँको भनाई छ । सामाजिक विकासमा मनग्य रकम छुट्याउने तयारी गरेको नगरपालिकाले बाल शिक्षक र स्वास्थ्य स्वयम् सेविकाहरुलाई पनि उचित प्रोत्साहन गर्ने तयारी गरेको नगर प्रमुख पौडेलले बताउनुभयो ।

करिव ६४ करोडको बजेट ल्याउने तयारी गरेको नगरपालिकाले नयाँ बाटो खन्नेभन्दा बाटोलाई दिगो बनाउनेतर्फ बढि ध्यान केन्द्रित गरेको छ ।

कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकमजिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार