काठमाडाैं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने तयारी,खुकुलाे बनाइ अन्य क्षेत्र पनि खुला गरीने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैं, २० असार २०७८ । 

काठमाडाैं उपत्यकामा फेरी निषेधाज्ञा थप्ने तयारी गरीएकाे छ ।

पछिल्लाे पटक थप गरीएकाे निषेधाज्ञा भाेलि अर्थात साेमबार सकिँदै गरेकाे अवस्थामा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको हाे ।

 

पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा सकिनै लाग्दा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञा थप गर्ने बारे निर्णय गर्ने तयारी गरेका छन् । सम्भव भए सम्म आज बेलुकीसम्म बैठक बस्ने जनाइएकाे छ । गत सातादेखि नै सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागु गरेर  सञ्चालनमा ल्याइएकाे छ । पसलहरू पनि बिहान ६ देखि बेलुकी ७ बजेसम्म खुल्ला भएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू अब थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा छन् । आज बेलुकी वा भोलिसम्म बैठक गरेर निषेधाज्ञा बारे अन्तिम निर्णयमा पुगिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयाे ।

 

काठमाडौं उपत्यकाभित्र गत वैशाख १६ गते देखि  लागु गरिएको निषेधाज्ञा हाल सम्म पनि जारी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार