जिप दुर्घटनाहुँदा २ जनाको ज्यान गयाे,१० जना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

बैतडी, २० असार २०७८ ।

बैतडीमा जिप दुर्घटना भएकाे छ ।

आइतबार बैतडीकाे सिगास गाउँपालिकामा जिप दुर्घटना भएकाे  हाे ।  जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । यस्तै १० जना घाइते भएका छन् । दुर्घटनामा जिप  सडकबाट करीव ५० मिटर तल खसेकाे थियाे ।

डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नम्बर ३ मा दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको छ ।

 

यस्तै घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी, ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद छन् ।

 

घाइतेमध्ये ४ जनाकाे अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार